दार्चुलामा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो दार्चुलाको सदरमुकाम खलंगा बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्र बढि छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये अधिकाशंमा कोरोना सङ्क्रमण पुष्टि हुने गरेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्शन विरेन्द्रराज भट्टका अनुसार केही दिनयता खलंगा बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउनुभयो । सदरमुकाममा सङ्क्रमणदर घट्नुमा गत वैशाख २५ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ । खलंगा बजारमा नयाँ सङ्क्रमित थपिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ । ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन् । जिल्ला अस्पताल दार्चुलाकोे आइसोलेशनमा उपचाररत अधिकांश सङ्क्रमित ग्रामीण क्षेत्र र पालिकाको आइसोलेशनबाट रिफर भएर आएकाहरु छन् । जिल्ला असपताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार हाल १२ जना कोरोना संक्रमतिको अस्पतालमा उपचार भइरहेको छ। जसमा महाकाली नगरपालिका ३ जना, दुहुँ नौगाड गाउँपालिकाका समान २÷२ जना, लेकम गाउँपालिका १ जना, कन्चनपुर बुटवलका समान १÷१ जना मालिकार्जुनका १ जना गरी १२ जनाको उपचार भइरहेको छ । अस्पतालमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहरको छ भने अन्य १० जना आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ। निषेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्रमण विवाह, व्रतबन्ध्र, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेर मार्फत फैलिएको स्वास्थ्यकर्मी बताउँछन् । खार स्वास्थ्य चौकी इन्चार्ज गोविन्दसिह ठगुन्ना गाउँमा हुने विहे पार्टी भोजभतेरका कारण गाउँमा कोरोना संक्रमण बढेको छ । दिनहुँ भीडभाड रोकिएको छैन् । कोरोनाका लक्षण देखिएका विरामी सबै ठाउँमा भेटिन्छन, उहाँले भन्नुभयो, बाहिरबाट आएकाहरु क्वारिन्टाईनमा नबसीसिधै गाउँमा गएपछि कोरोना संक्रमण गाउँमा फैलिएको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभएको कारण ग्रामीण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ । जिल्लामा मंगलबारसम्म २ जना महिला सहित १० जनाको मृत्यु भएको छ । जिल्लामा कुल संक्रमितको संख्या मंगलबारसम्म ५९१ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २१७ पुगेको छ । प्रकाशित मिति: बुधबार जेठ १२, २०७८/Wednesday 05-26-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम