२०८१ चैत, २४ सोमबार

दार्चुलामा कोरोना संक्रमणको मृत्युदर ०.१ प्रतिशत मात्रै

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार  दार्चुलामा कोरोना भाइरसको यकिन सङ्क्रमण दर २९.३३ प्रतिशत छ भने मृत्युदर ०.१६ प्रतिशत मात्रै रहेको छ । जिल्लामा कोरोना जितेर निको हुने दर बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार गत वैशाख १५ गतेदेखि हालसम्म जिल्लामा ६ सय ३१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा जिल्लामा पिसिआर विधिबाट १ हजार २ सय ९५र एन्टिजेन विधिबाट ८सय ७० जनाको परीक्षण गरीएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्शन विरेन्द्र भट्टट्टले बताउनु भयो ।
यस्तै सङ्क्रमण पुष्टि भएका १० तीन जनाको मृत्यु भएको छ । परीक्षण र सङ्क्रमितको संख्याका आधारमा जिल्लामा संक्रमितको मृत्यु दर ०.१६ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
जिल्लामा हालसम्म सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटरको राम्रो व्यवस्थापन हुन सकेको छैन् । जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आइसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट भए पनि जडान अझै हुन सकेको छैन् ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा दार्चुलामा युवाहरूमा बढी संक्रमण दर देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य कार्यालाको तथ्याङ्क अनुसार २० देखि ३० वर्ष उमेर समूहका युवाहरुमा संक्रमण बढी देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर, स्थानमा जाने गरेका युवाहरू भारतमा कोराना महामारी डरलाग्दो रूपमा फैलिएपछि घर फर्केको र समयमै उचित व्यवस्थापन नभएका कारण कोराना संक्रमण दरयुवाहरुमा वृद्धि भइरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
स्वास्थ्य कार्यालय सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार रोजगारीका लागि भारत गएका युवाहरु फर्केका कारण जिल्लामा युवाहरुमा संक्रमण दर बढी देखिएको बताएका छन ।

 

प्रकाशित मिति: बिहीबार जेठ १३, २०७८/Thursday 05-27-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै