दार्चुलामा जुट्दै सहयोग : सहज बन्दै उपचार सारथी खबर दार्चुलामा कोभिड–१९ महामारीबिरुद्ध अग्रपङ्क्तिमा रही सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा र सङ्क्रमित बिरामीको उपचार सहज बन्दै गएको छ । सुरक्षित रही काममा खट्नुपर्ने स्वास्थ्यकर्मी र बिरामीका उपचारका लागि स्वास्थ्य सामग्री सहयोग जुट्दै गएपछि सहज भएको हो । मंगलबार मात्रै जिल्ला अस्पतालमा ४० थान अक्सिजन सिलिण्डर भरेर जिल्ला पुरयाइएको छ । राष्ट्रिय अविष्कार केन्द्रबाट प्राप्त ८ थान सिलिण्डर, पिपिई सेट तथा फेस शिल्डमध्ये ४ थान अक्सिजन सिलिण्डर, पिपिई र फेसशिल्ड ५÷५ थान प्राप्त भएको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजितसिंह धामीले बताउनु भयो । दार्चुला कोभिड–१९ सहयोग तथा समन्वय मञ्चको सहजीकरणमा स्वास्थ्य सामग्री तथा अक्सिजन सिलिण्डर जिल्ला पुगेको हो । महाबीर पुनले राष्ट्रिय अविष्कार केन्द्रका तर्फबाट दार्चुलालाई प्रदान गरेका अक्सिजन सिलिण्डर मञ्चको सहजीकरणमा काठमाण्डौबाट जिल्ला पठाइएको मञ्चका संयोजक कृष्ण महराले बताउनु भयो । राष्ट्रिय आविष्कार केन्द्रबाट प्राप्त ८ थान अक्सिजन सिलिण्डर मध्ये ४ थान गोकुलेश्वर अस्पताललाई र ४ थान जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिएको छ । जिल्ला अस्पतालका १० थान र अपि हाइड्रोपावर कम्पनीबाट संकलन गरिएका १० थान गरी २० थान अक्सिजन सिलिण्डर ह्युमानिटी फाउण्डेशनको सहयोगमा नेपालगञ्जमा भरेर जिल्ला ल्याइएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष धामीले बताउनु भयो । ‘पछिल्लो सयम विभिन्न क्षेत्रबाट सहयोग जुट्दै छ’, जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनु भएका पमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भन्नुभयो, सङ्क्रमण र मृत्यु दर घट्दैछ, निको हुने बढ्दै छन् , सहयोगी हात थपिँदै छन्, अब केही सहज हुँदै जानेछ । जिल्ला अस्पताल अस्पताल दार्चुला तथा गोकुलेश्वर अस्पताल लगात जिल्लाका अन्य ठाउँहरुमा बुझदा सबै ठाउँमा कोरोनाका विरामीहरुको अवस्था समान्य छ । विभिन्न संस्था र व्यक्तिले खुला हृदयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री सहयोग बढाउँदै लगेका छन् । सामाजिक क्षेत्रबाट भइरहेको सहयोगले उपचारमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीमा पनि ऊर्जा प्राप्त भएर सेवामा लाग्न हौसला बढेको व्यवस्थापन समिति अध्यक्ष धामीले बताउनुभयो । प्रकाशित मिति: बिहीबार जेठ १३, २०७८/Thursday 05-27-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम