स्वास्थ्य सेवा बढाउँदै मार्मा : कोभिड अस्पतालले विरामीलाई उपचारमा सहज सारथी खबर दार्चुलाको मार्मामा कोभिड अस्पताल निर्माणपछि विरामीलाई सहज बनेको छ । गत वर्षबाट सञ्चालनमा आएको कोभिड अस्पतालले मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका विरामीलाई उपचारमा सहज भएको हो । जिल्लामै अस्पताल निर्माण गरेर डाक्टर नियुक्त गर्ने मार्मा गाउँपालिका पहिलो हो । गत वर्षदेखि निरन्तर रुपमा गाउँपालिकाले डाक्टर महादेव भट्ट मार्फत स्वास्थ्य सेवा दिइरहेको छ । यो वर्ष कोभिड अस्पतालमा ९ जना विरामी भर्ना भएर उपचार भइरहेको डाक्टर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, आफु नियुक्त भएपछि विरामी आउने क्रम बढेको छ । कोरोनाका मात्र नभई अन्य रोगका विरामीको चाँप बढेको छ । मार्मा गाउँपालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै आफ्नै लगानीमा डाक्टर नियुक्त गरेको थियो । जसको कारण अहिले गाउँ घरमै स्थानीयले सहज स्वास्थ्य सेवा पहुँच पाएका छन् । गाउँपालिकाले कोभिड अस्पतालको लागि ४० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री यसै साता खरिद गरेको डाक्टर भट्टले बताउनुभयो । बजेमाटर्फत एक्सरे, अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ, । विरामीको चाँप बढ्दै गएपछि अस्पतालको लागि चाहिने सामग्री थप गरिएको भट्टको भनाई छ । विगतमा मार्मा र अपिहिमाल गाउँपालिकाका विरामीले स्वास्थ्य सेवा लिन शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पताल आउनुपर्ने थियो । गत वर्षदेखि मार्मामै चिकत्सिय सुविधा थप भएपछि विरामीले गोकुलेश्वर आउनुपर्ने बाध्यता हटेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनुभयो । नागरिकलाई सहज रुपमा सेवा दिन आफ्नै स्रोत साधनमा डाक्टर नियुक्त गरेपछि विरामीले सहज रुपमा सेवा पाएका छन्, अध्यक्ष धामी भन्नुहुन्छ, अझै पनि अस्पतालको सबै सेवा उपलब्ध गराउने गरी तयारी गरिदैछ । दार्चुलाको मालिकार्जुन गाउँपालिका, जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा पनि कोभिड अस्पताल सञ्चालनमा छ । जिल्लाका अन्य स्थानीय तहले भने डाक्टर नपाउँदा कोभिड अस्पताल प्रभावकारी बनेको छैन् । प्रकाशित मिति: बिहीबार जेठ १३, २०७८/Thursday 05-27-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम