Close This
२०८१ मङ्सिर, ६ बिहीबार

नेपालमा थप एक जनामा ओमिक्रोन पृष्टि

नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले ५८ वर्षिया पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिनुभयो । उहाँले संक्रमित व्यक्ति ओमिक्रोन फैलिएको देशबाट आएको भए पनि उहाँले कुन देशबाट आएको भन्ने खुलाउन चहानु भएन । 
सहप्रवक्ता डा अधिकारी संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको निगरानीमा रहको जनानकारी दिनभयो ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।

प्रकाशित मिति: बुधबार पौष ७, २०७८/Wednesday 12-22-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै