२०८१ बैशाख, १७ सोमबार

विपद् जोखिम कम गर्न तयारी थालियो

विपद् जुनसुकै बेला पनि आउने सक्ने भन्दै आवश्यक तयारी थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाले ९ वटै स्थानीय तह र सरोकारवालासँग आवश्यक तयारी थालेको हो । 
प्रमुख जिल्ला अधिकारी किरण जोशीको अगुवाईमा जिल्लास्तरीय बैठक राखि विपद् जोखिम कमगर्न आ–आफ्नो क्षेत्रबाट आवश्यक तयारी गर्न भनिएको छ । अहिले पश्चिम नेपालमा भुकम्पीय जोखिम बढेको छ । साथै दार्चुलामा चिसो मौसम पनि सुरु भएको भन्दै सर्वसाधारणको जीउधनको  सुरक्षार्थ आवश्यक व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।
उच्च जोखिममा रहेका वस्ती स्थानान्तरण तथा पुर्ननिर्माण पुर्नस्थापना गर्नुपर्ने कामहरुको लागि आवश्यक पहल गरिने प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । ‘हामीले लिखित तथा मौखिक रुपमा गर्नुपर्ने काम गर्छौ, सबै स्थानीय तहले पनि आवश्यक आफ्नो क्षेत्रमा हुने विपद्का घट्ना न्यूनीकरणका लागि पहल गरौं,’ उनले भनिन् ।
उनले जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख, ६१ वटै वडाका वडाअध्यक्ष, विपद् शाखा प्रमुख, जिल्लास्थित कार्यालय प्रमुख तथा सरोकारवाला निकाय राखेर विपद् आइहाले गर्नुपर्ने व्यवस्थापनबारे जानकारी लिएका छन् । 
स्थानीय तहले विपद् व्यवस्थापनको लागि गरिरहेका तयारी, स्थानीय तहको अवस्थाबारे समग्रमा जानकारी लिइन् । 
बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो स्थानीय तहमा भएको समस्या, विपद् व्यवस्थापनको लागि आवश्यक तयारी लगायतको बारेमा जानकारी गराएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार कार्तिक २४, २०८०/Friday 11-10-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै