२०८१ बैशाख, १७ सोमबार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी जाेशी सम्मानित

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी सम्मानित भएकी छिन् । महाकाली नगरपालिका दार्चुलाले सुदूरपश्चिमकै पहिलो महिला उपसचिव तथा पहिलो महिला सिडियो जोशीलाई दिवसको अवसरमा सम्मानित गरिएको हो । जिल्ला अस्पताल दार्चुलामा आयोजित कार्यक्रममा सिडियो जोशीलाई सम्मानित गरिएको छ । 
जोशी विगत एक वर्षदेखि दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् । उनी जिल्लामा बस्दा शान्ति सुरक्षा, समन्वयको पाटोमा अब्बल देखिएका छन् । 
यस्तै जिल्ला अस्पताल दार्चुलामा कार्यरत नर्स बबिता विष्टलाई पनि सोही कार्यक्रममा सम्मानित गरिएको छ । केही दिन अघिमात्रै विष्ट उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएकी थिइन् ।
‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ यो वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुलाई खादा ओडाएर सम्मान गरिएको छ । 
यस्तै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुलाई फलफुल वितरण गरिएको महाकाली नगरपालिकाका नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जानकारी दिइन् ।4


 

प्रकाशित मिति: शुक्रबार फाल्गुण २५, २०८०/Friday 03-08-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै