२०८१ बैशाख, १७ सोमबार

चितुवाकाे छालासहित पक्राउ

दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउपालिका (४ सिप्टीका ३६ बर्षीय शेरसिह धामी रहेका छन् ।
उनलाई प्रहरीले मार्मा गाउँपालिका (२ लटिनाथ बजार बाट दुई थान चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिहका अनुसार उनी लटिनाथ बजारमा शंकास्पद रूपमा हिडिरहेका थिए । प्रहरीले खानतलासी गर्दा उनीबाट चितुवाको छाला फेला परेको हो । 

प्रकाशित मिति: सोमबार फाल्गुण २८, २०८०/Monday 03-11-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै