२०८१ बैशाख, १७ सोमबार

थुनुवा समात्न खोज्दा प्रहरी जवानले ज्यान गुमाए

नियमित सोधपुछको क्रममा सोमबार प्रहरीले थुनुवामा रहेका महाकाली नगरपालिका–१ का उमेश सिह कुवरलाई मुद्धा शाखामा बोलायो । केहि दिनयता जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी एकाएक भाग्न खोजे । 
प्रहरीको हातबाट फुत्केर उनी जिल्ला प्रहरी कार्यालयको पछाडितर्फ कुदे । त्यहीँबेला उनलाई समात्न खोज्दा प्रहरी जवान २९ वर्षीय सोहन चौधरी भीरबाट खसे । महाकाली तडबन्धले निर्माण गरेको तडबन्ध जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटर तल छ । थुनुवा भागेर महाकाली नदी तरे, तर उनलाई रोक्न खोज्ने जवानको टाउँको ढुंगामा लाग्यो । गम्भीर चोट लागेका उनलाई अस्पताल पु¥याउँदा मृत घोषित भए । 
टाउँकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पु¥याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।
थुनुवा भागेपछि प्रहरीले जवानले रोक्न खोजे, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले भने । हामफालेर भागेका कुवर महाकाली तरेर भारततर्फ लागे । प्रहरी पनि सँगै नदी तरेर भारतपट्टि पुगेर नियन्त्रणमा लिइएको इन्स्पेक्टर सिंहले बताए । भारतबाट गोरखा रेजिमेन्टले पनि सहयोग ग¥यो ।
गत माघ ७ गते ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नै श्रीमति धनिसा कुवरलाई बन्दक बनाएर हिंसा गरेको भन्दै उजुरी पछि प्रहरीले उनलाई सोधपुछको लागि जाने क्रममा प्रहरी हवल्दा जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए  । चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लाग्यो । 
कुवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणीको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो । 

प्रकाशित मिति: सोमबार फाल्गुण २८, २०८०/Monday 03-11-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै