२०८१ बैशाख, १७ सोमबार

जनप्रतिनिधि र कर्मचारीबाट धम्की आएपछि असुरक्षित महशुस गरे : विष्ट

शैल्यशिखर नगरपालिकाका सहलेखापाल विजय कुमार विष्टले आफुलाई जनप्रतिनिधि र कर्मचारीबाट धम्की आएर आफु असुरक्षित भएको उल्लेख गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष र पालिकामा कार्यरत इन्जिनियर योगेश धामीले आफुलाई धम्क्याउने गरेको उनले बताएका छन् । 
उनले भनेका छन्, ‘मैले कुनैपनि कर्मचारी र जनप्रतिनिधिमाथि ज्याजती र दुव्र्यवहार गरेको छैन् ।’ यसअघि सारथि खबर अनलाईनमा प्रकाशित समाचारको खण्डन पठाउँदै उनले भनेका छन् । आफुमाथि  पुष २८ गते राति ८ः२३ बजे इन्जिनियर धामीले गालीगलौजको साथै धम्कीपूर्ण म्यासेज आयो । पौने ९ बजे चार जनाको सूमहमा आएर हुदै नभएको कामको भुक्तानी गर्न भनियो उनले उल्लेख गरेका छन् । 
यस्तै वडा अध्यक्ष जनक डागाले साउन १९ गते अगावै काम सम्पन्न भएको, भदौ २७ गते दररेट माग र असोज १३ गते सम्झौता गरेको बील भुक्तानी माग्दा आफुले भुक्तानीमा रोक लगाएको हो । कागजात मिलाएर भुक्तानी गर्न दबाब दिएको बेला आफुले नमिल्ने राय लेखेको बेला कार्यालयमै कुटपिट गर्ने जस्तो धम्की आएको हो, उनले भनेका छन् । आगामी दिनमा लेखासम्बन्धि कुनै पनि काम रोकिए ज्याने मार्ने धम्कीपछि आफुले अडियो रेकर्ड गरेको उनको दाबी छ । 
आफुमाथि भएको अन्यायबारे प्रशासकीय अधिकृतलाई समेत उजुरी गरेपनि सुनुवाई हुन सकेन्,। ‘म उनीहरुबाट जुनसुकै बेला पनि असुरक्षित रहेको अवस्थामा आफुले न्याय नपाउने अवस्था आएपछि मात्रै मिडियाको सहारा लिएको हु,’ उनले प्रष्ट्याएका छन् । 
यसअघि सारथी खबरले समाचार प्रकाशनको बेला सह लेखापाल विष्ट र सहकर्मी र जनप्रतिनिधिबीच दुरी बढेको तथा ज्याजती हुन थालेको समाचार प्रकाशन गरेको थियो । सारथी खबरले समाचारको प्रकाशनको क्रममा विष्टसँग फोन सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेको थिएन् ।

 

प्रकाशित मिति: बिहीबार चैत १, २०८०/Thursday 03-14-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै