२०८१ बैशाख, १७ सोमबार

डडेल्धुराको परशुरामका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ। कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो।

अधिकृत जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरूले कुटपिट गरेको बताइएको छ। कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन्। अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा तीनवटा टाँका लगाइएको छन।

बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो। तर, कार्यपालिका सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेको हुन्। जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा घटनाको विषयमा जानकारी भएको छ। तर, प्रहरीमा निवेदन तथा उजुरी भने दर्ता भएको छैन।

प्रकाशित मिति: बिहीबार चैत १, २०८०/Thursday 03-14-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै