छाङ्गरु र तिंकर कुञ्चा गाउँ पुगे, प्रहरी खलंगामै सारथी खबर सदरमुकाम खलंगामा गर्मी बढेसँगै व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका स्थानीयको कुञ्चा सरेको छ । दुवै गाउँका स्थानीय पशुचौपायासहित गाउँ पुगिसकेका छन् । अहिले छ महिनादेखि बन्द रहेका छाङ्गरु र तिंकरका गाउँका ढोका खुलेका छन् । गत मंसिरमा खलंगा आउँदा घरमा ताला लगाएर आएका सौका समुदाय यो साता छाङ्गरु तिंकर फर्किएका हुन् । घरको एक जना गाउँ पुगिसकेका छन्, व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले भने । खेतीपाति भित्र्याउने देखि यार्सागुम्बा संकलनको तयारी भइसकेको छ । यो वर्ष पानी कम परेको कारण यार्सागुम्बा संकलनको लागि स्थानीय हिडेका छन् । उनीहरुले भारतीय अनुमति लिएर गाउँ पुगेका छन् । वर्षौदेखि स्थानीयले ‘आफ्नै गाउँ जान भारतीय अनुमति र भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ,’ बोहरा भन्छन् । भारतले अनुमति र बाटो नदिने हो भने गाउँ पुग्नै सकिँदैन । देशको सबैभन्दा चर्चा पाइरहने ठाउँ, राजनीतिक रूपमा झनै मुद्दा बनिरहने व्यास–१ का छाङ्गरु र तिंकर गाउँ पुग्न नेपालतिर बाटो छैन । मान्छे पैदल हिँड्नसमेत बाटो नभएपछि यहाँका दुई गाउँका नागरिक भारतीय बाटोमा निर्भर छन् । बाटो निर्माण गर्न पटकपटक चर्चा हुन्छ । थोरै बजेट विनियोजन हुने गरेको कारण वर्षेनी बाटो अधुरै निर्माण हुने गरेको वडा सचिव विनोद बुढाथोकी बताउँछन् । उत्तरी क्षेत्रको छाङ्गरु र तिंकर गाउँ छ महिनासम्म सुनसान थियो । छाङ्गरुमा घर हेरालुको रुपमा स्थानीय बस्ने गरेपनि तिंकर गाउँमा कोहि बस्दैनन् । जौ फापर, उवा, आलुलगायतका अन्न उत्पादन हुने हिमालको काखमा रहेको यो गाउँ सुनसान भएको छ महिनापछि घरका ताला खुलेको छ । स्थानीय वीरेन्द्र तिंकरीे, ‘छ महिना ढोकामा पूरै ताला लगाएर आएका हौं, अहिले गाउँ पुगेपछि ताला खुलेको छ । छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना बसोबास गर्छन्, भने तिंकरमा भने कोही बस्दैनन् । यसैबीच छायालेक प्रहरी अझै तिंकर उक्लिएको छैन् । गत मंसिरमा छांगरु झरेका प्रहरी माथि गएका छैनन् । प्रहरी तिंकरको छायालेकमा बस्दै आएको छ । तिंकर प्रहरी पठाउनको लागि आवश्यक गृहकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । उनले भने, केहि दिनभित्रै प्रहरी तिंकर उक्लिन्छ् । उता सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भने गत साता नै तिंकर उक्लिएको छ । गत वर्षबाट सशस्त्र प्रहरी तिंकरको छालालेकमा बस्न सुरु गरेको हो । अहिले सशस्त्र प्रहरीको खगेन्द्र ओझाको कमाण्डमा टोली छायालेकमा बसेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ । प्रकाशित मिति: बुधबार जेठ २, २०८१/Wednesday 05-15-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा उकु महलको उत्खनन सुरु माघ २ गते दार्चुलामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइने दिवा खाजा कार्यक्रमको समीक्षा, कार्यक्रम प्रभावकारी रहेको निष्कर्श दार्चुलाको उच्च भूभागमा हिमपात, हिउदे वालीलाई राहात सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी दार्चुलामा पाँच दिनमा चार जनाको भिरबाट खसेर मृत्यु पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा