अनेमसंघ सुदूरपश्चिमको युवा संगठन कमिटी चयन सारथी खबर अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश स्तरीय युवा भेलाले कल्पना पालको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पशुपति महतारा, सचिव दुर्गा नेपाली, सहसचिव निता ढुङ्गाना, कोषाध्यक्ष दुरा कुमारी भाट र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । सबै जिल्लाबाट २५ सदस्य रहने कमिटीका बाँकी सदस्यहरू पछि मनोनीत गरिने जनाइएको छ । अनेमससङ्घ केन्द्रीय युवा कमिटी सदस्य विन्दु अधिकारीको अध्यक्षतामा भएको भेलामा अनेमसङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज आशा विक, प्रमुख अतिथि र नेकपा एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द विशिष्ट अतिथि रहेका थिए । यस्तै भेलामा नेकपा एमाले प्रदेश उपसचिव भागरथी विष्ट, कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा, अनेमसङ्घका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज रुक्मिणी देवकोटा, केन्द्रीय सदस्य तथा बझाङका इन्चार्ज भागरथी सिंह, केन्द्रीय सदस्य अञ्जली शर्मा, प्रदेश अध्यक्ष झुमा चौधरी लगायतका नेताहरू अतिथि रहनुभएको थियो । अनेमसङ्घले युवा महिलाहरूलाई राजनीतिमा जोड्न सबै जिल्लामा युवा भेला गर्दै कमिटी गठन गर्न लागेको प्रदेश अध्यक्ष झुमा चौधरीको भनाई छ । प्रकाशित मिति: आइतबार बैशाख ३०, २०८१/Sunday 05-12-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप सुदूरपश्चिममा शाहको दोस्रो पटक मुख्यमन्त्री विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त पूर्वमन्त्री ठगुन्नाकाे गृह जिल्लामा पत्रकार सम्मेलन, तिंकर सडकबारे के बोले ? पूर्व गाविस सचिव काग्रेस परित्याग गरी एमालेमा पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा