दिवा खाजा कार्यक्रमको समीक्षा, कार्यक्रम प्रभावकारी रहेको निष्कर्श Sarathikhabar एकिकृत पोषण संवेदनशिल दिवा खाजा कार्यक्रमको समीक्ष गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा सरोकारवाला निकायको प्रतिनीधिहरुको उपस्थितिमा बुधबार आयोजित कार्यक्रममा समीक्षा, भाविजोजना तथा अनुगमन सम्बन्धि प्रवोधिकरण र छलफल गरिएको हो । कार्यक्रममा उपस्थित सहभागिहरुले दिवा खाजा कार्यक्रम प्रभावकारी रहेको बताएका छन् । स्थानिय तहबाट सहभागि भएका शिक्षा शाखा प्रमुखहरुले कार्यक्रमको बारेमा प्रस्तुति गर्दै कार्यक्रम विद्यार्थीको लागि आवश्यक भएको बताएका हुन् । कार्यक्रमलाई नियमित कार्यान्वयन गर्न खाद्यान्न ढुवानी र विद्यालयहरुमा भान्छा व्यवस्थापको लागि आवश्यक स्रोत व्यवस्थापन नहुदा केही कठीनाई भएको बताएका छन् । कार्यक्रम लागु भएदेखिन विद्यालयमा विद्यार्थीको उपस्थितिमा सुधार भएको बताइएको छ । पछिल्लो समय कार्यक्रमको मोडालिटीमा गरिएको परिवर्तनले स्थानिय स्तरमा उत्पादित तरकारी र दाल जन्य खाद्यान्नको प्रयोग हुदा पोषणमा सुधार भएको र स्थानिय किसानहरुले रोजगारी पाएका छन् । कार्यक्रममा सहभागि स्थानिय तहका प्रमुखहरुले यस कार्यक्रमलाई निरन्तरता र प्रभावकारी बनाउनको लागि व्यवस्थापनमा पालिका जिम्मेवार रहेको धारणा राखेका छन् । थानिय उत्पादनमा आधारीत विद्यालय दिवा खाजा कार्यक्रम जिल्लाका ३ सय ३९ विद्यालयमा सञ्चालनमा रहेको छ । बालबिकास देखि कक्षा ८ सम्मका २५ हजार ७ सय ५४ विद्यार्थीहरु कार्यक्रमबाट लाभान्वित भएको स्थानिय उत्पादनमा आधारीत विद्यालय दिवा खाजा कार्यक्रम सप्रोस नेपालका जिल्ला कार्यक्रम संयोजक कृष्ण सिंह ठगुन्नाले बताउनु भयो । कार्यक्रममा दार्चुला जिल्ला स्थानिय तहाका प्रमुख, शिक्षा, स्वास्थ्य र कृषि शाखा प्रमुखहरु र गोदाम व्यवस्गापकहरुरु ल्गायत सरोकारवला निकायका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । नेपाल सरकार, अमेरीकी सरकारको कृषि विभाग, मर्सिकोर र विश्व खाद्य कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा संचालनमा रहेको कार्यक्रम स्थानिय तहहरुसंगको साझेदारीमा आइडिएस नेपाल, सप्रोस नेपाल र सिआरडिएस अन्तरगत (इजिएल) कार्यक्रमले संचालन गर्दै आएको विश्व खाद्य कार्यक्रमका फिल्ड कोडिनेटर विजय विश्वकर्माले जानकारी दिनुभयो । प्रकाशित मिति: मंगलबार पौष ९, २०८१/Tuesday 12-24-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलाको उच्च भूभागमा हिमपात, हिउदे वालीलाई राहात सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी दार्चुलामा पाँच दिनमा चार जनाको भिरबाट खसेर मृत्यु भारतीय घोडा बिडी सहित एक जना शैल्यशिखरबाट पक्राउ वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दिवा खाजा कार्यक्रमको समीक्षा, कार्यक्रम प्रभावकारी रहेको निष्कर्श