२०८१ पौष, ७ आइतबार

दार्चुलाको उच्च भूभागमा हिमपात, हिउदे वालीलाई राहात 

दार्चुला । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र व्याँस गाँउपालिकाको तिङ्कर लगायत क्षेत्रमा हिमपात भएको हो ।
हिमपातसँगै बढेको चिसोले अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातपछि हिमाली र उच्च पहाडी क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । लामो समय सम्म पानी नपरेकाले हिमपात भएपछि हिउदे वालीलाई फाइदा भएको कृषि विज्ञहरुले बताएका छन् । 

प्रकाशित मिति: सोमबार मङ्सिर २४, २०८१/Monday 12-09-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै