२०८१ पौष, ७ आइतबार

सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी

दार्चुलाको ऐरीछाना सामुदायिक  स्वास्थ्य इकाई केन्द्रमा विगत दुइ महिनादेखि स्वास्थ्यकर्मीको अभाव भएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ मा अवस्थित सामुदायिक स्वास्थ्य इकाई केन्द्र ऐरीछानामा स्वास्थ्यकर्मीको  माग सहित स्थानीयले आइतवार (आज) तालाबन्दी गरेको स्थानीय हरिश धामीले जानकारी दिनुभयो ।
उक्त इकाई केन्द्रमा विगत २ महिनाबाट स्वास्थ्यकर्मी अनुपस्थित भएको र गाउँमै स्वास्थ्य इकाई केन्द्र हुदा पनी सामान्य उपचारको लागि अन्तै जानुपर्ने बाध्यता भएको भन्दै तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।
साथै स्वास्थ्य इकाई केन्द्रमा त्तत्कालै स्वास्थ्यकर्मी पठाइदिन स्थानीयले सम्बन्धित निकायसंग जोडदार माग समेत गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार मङ्सिर २३, २०८१/Sunday 12-08-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै