२०८१ पौष, ७ आइतबार

दार्चुलामा पाँच दिनमा चार जनाको भिरबाट खसेर मृत्यु

दार्चुलामा भिरबाट खसेर अकालमै ज्यान गुमाउनेको संख्या बढदै गएको छ ।
पाँच दिनको अवधिमा जिल्लाका विभिन्न स्थानमा भिरबाट लडेर तीन जनाले ज्यान गुमाएका छन् । शुक्रवार लेकम गाउँपालिका वडा नम्बर–३ गुमखोलीस्थित बसुनढुङ्गा भिरबाट लडेर २३ वर्षीय महेश थापाको छ । 
मंसिर १८ गते शैल्यशिखर नगरपालिका वडा नम्बर–५ आगर (लेकगाउँ) की ३६ वर्षीया दुर्गा रावलको र १९ गते मालिकार्जुन –१ भर्तोलाका ४० वर्षीय देव सिंह बोहराको भिरबाट लडेर मृत्यु भएको थियो भने महाकाली नगरपालिका वडा नम्बर–७ ओखलगाडा (लिखाड) का ४८ वर्षीय रतन सिंह कुवँरको शनिवार (हिजो) घर नजिकैको पहरे खोला भिरबाट लडेर ज्यान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: आइतबार मङ्सिर २३, २०८१/Sunday 12-08-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै