Close This
२०८१ कार्तिक, २ शुक्रबार

वडामै सामाजिक सुरक्षाभत्ता पाउँदा जेष्ठ नागरिक खुसी

मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेपछि जेष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले माछापुच्छ«े बैंकसँगको समन्वयमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि जेष्ठ नागरिक खुसी भएका हुन् ।
गाउँपालिका पञ्जीकरण शाखाले हरेक वडाका सामाजिक सुरक्षा लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । अहिलेसम्म वडा नम्बर १, २, ३ र ६ का १ सय ७३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सामान्य हिड्डुल गर्न नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, बैंकसम्म स्वयंम उपस्थित हुन नसक्ने सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले बताए । उनका अनुसार मंगलबार वडा नम्बर २ मा ५७ जनाले सेवा लिएका छन् । 
जेष्ठ नागरिक गणेशसिह धामीले भने, पालिकाले वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि पालिकासम्म पुग्नुपर्ने बाध्यता हटेको बताए । यो हामीलाई निकै राहत महशुस भएको छ । पालिकासम्म पुग्न धेरै समय लाग्थ्यो । वडामै आएर भत्ता पाएपछि समय बचत पनि भएको उनले बताए ।

 

प्रकाशित मिति: बुधबार श्रावण ९, २०८१/Wednesday 07-24-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै