Close This
२०८१ कार्तिक, २ शुक्रबार

नौगाडले मात्रै भू उपयोग नक्सा, आठ स्थानीय तहको कित्ताकाट काम रोकियो

दार्चुलाका स्थानीय तहले क्षेत्र सिमाङ्कन पहिचानसहितको भू–उपयोग नक्सा नबनाएको भन्दै नापी कार्यालय दार्चुलाले आठ वटा स्थानीय तहको कित्ताकाटको काम रोकिने जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै एक वर्षको अवधिमा नौगाड बाहेक अन्य स्थानीय तहले भू–उपयोग नक्सा बनाउन नसकेको उल्लेख गरेको छ । 
एक बर्षको म्याद सकिदा समेत कानुन बमोजिम भु–उपयोग नक्सा उपलब्ध नगराएपछि कित्ताकाटको काम रोकिएको नापी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रेमराज अवस्थीले बताए । 
भु–उपयोग नियमावली २०७९ को पहिलो संशोधन मिति २०८० साउन ३२ गते दफा ५(७) बमोजिम सम्पूर्ण स्थानिय तहहरुले भु–उपयोग ऐन नियम बमोजिम एक वर्षभित्र भु–उपयोग क्षेत्र निर्धारण गर्ने भनिएको थियो । चार किल्ला तोकी सोको भौगोलिक विवरणसहित उपलब्ध गराउने व्यवस्था भएकोमा स्थानीय तहले कार्यान्वयन गरेनन् । 
आठ ‘स्थानिय तहहरुबाट हालसम्म भु–उपयोग नक्सासहितको विवरण तयार गरी उपलब्ध नगराएको पनि कित्ताकाटको काम पूर्ण रुपमा रोकिने अवस्थी बताउँछन् । । महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, अपिहिमाल, मार्मा, लेकम, मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाले भू–उपयोग नक्सा तयार पारेका छैनन् । 
भु–उपयोगको नक्सालाई आधार मान्दै स्थानीय सरकारले उत्पादन बढाउन, बस्ती उत्पादन, औद्योगिक क्षेत्र विस्तार, क्षेत्र खण्डन गरी अघि बढ्न सकिने सम्भावना औल्याउँदै यसको कार्यान्वयन गर्नुपर्नेमा पालिकाले अटेरी गरेका छन् । 
नक्सामा भू–उपयोग नीतीको आवश्यकता, जमिनको वर्गिकरण पक्षहरु, हालसम्मको जमिनको अवस्था, प्राविधिक पक्ष र स्थानीय तहको आवश्यकतासमेत समेट्नुपर्ने छ । 
जनसंख्या बृद्धि र अव्यवस्थित शहरीकरणले एकातिर सीमित प्राकृतिक स्रोत–साधनको अतिक्रमण तथा अर्कातिर पर्यावरणीय परिवर्तनका कारण बाढी, पहिरोलगायतका विपद्का जोखिम बढीरहेको अवस्थामा भुमि र भुमी श्रोतको समुचित उपयोग गरी दिगो सामाजिक आर्थिक तथा वातावरणीय विकास र समृद्धि हासिल गर्ने दीर्घकालिन दृष्टिकोणसहित तत्कालिन भुमी सुधार तथा व्यवस्था मन्त्रालयबाट भू–उपयोग निती तर्जुमा भएको हो ।
सोही नीती अनुसार तयार भएका भू–उपयोग नक्सा डाटा लगायतका सामाग्री हस्तान्तरण पश्चात स्थानीय तहको विकासे आयोजना तर्जुमा तथा योजना तयार गर्नको लागी आधार हुनुका साथै भू–उपयोग नीति कार्यान्वयनका लागी वातावरण तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

 

प्रकाशित मिति: शनिबार भदौ ८, २०८१/Saturday 08-24-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै