Close This
२०८१ कार्तिक, २ शुक्रबार

मलिकार्जुनको हुनशिखर मन्दिरमा महाष्टमीको जात्रा सम्पन्न 

मालिकार्जुन गाउँपालिका–४ मा रहेको हुनैनाथ मन्दिर औतालेकमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । दार्चुला जिल्लाकै प्रसिद्ध औतालेक मन्दिरमा हिजो राती जात्रा सम्पन्न भएको मन्दिरका धामी जितेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी अशोज २५ गते (भोली) एकै दिन परेको बताईए पनी फुलपातीकै दिन महाष्टमी तिथी  मानिएको र त्यही तिथीमा जात्रा सम्पन्न गरेको व्यवस्थापन समितीको भनाई छ ।  
यस्तै विजया दशमीका दिन अशोज २६ गते पनी उक्त मन्दिरमा जात्रा लाग्ने बताईएको छ । वरदानीय हुनैनाथ देवताको दर्शनका लागि दार्चुला बैतडी तथा छिमेकी मुलुक भारतको सीमावर्ती भारतीय क्षेत्र जौलजिवी, धार्चुला, बालुवाकोट बाट समेत मन्दिरमा भक्तजनहरु आईपुगेको बताईएको छ ।

 

प्रकाशित मिति: शुक्रबार असोज २५, २०८१/Friday 10-11-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै