Close This
२०८१ कार्तिक, २ शुक्रबार

दोस्रो विहे गर्नेको संख्या बढ्यो

सुदूरपश्चिममा दोस्रो विवाह गर्ने पुरुषको संख्या बढिरहेको छ । घरमा एउटा श्रीमती हुदाहुदै दास्रो श्रीमतीसंग विहे गर्ने श्रीमानहरुको संख्या बढेको हो । 
श्रीमानले दोस्रो विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिने पीडित महिलाको संख्या बढे पछि यो तथ्याङ्क वाहिरिएको छ । २०७७ देखि २०७९ सम्म मात्र सुदूरपश्चिममा २ सय ६९ पुरुषले सुटुक्क दोस्रो विवाह गरेको पाइएको छ ।
घरकी श्रीमतीले थाहा पाएपछि दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध प्रहरीमा उजुरी गर्नेको संख्या बढ्न थालेको हो । सबैभन्दा बढी २०७७ सालमा १ सय ७ जना पुरुषले घरमा श्रीमती हुुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ । २०७८ सालमा पनि थप ८२ पुरुषले दोस्रो विवाह गरेको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरीमा निवेदन नै दर्ता गराएका थिए ।
बहुविवाह गर्ने क्रम अहिले पनि जारी नै छ । २०७९ सालमा मात्र थप ८० जना पुरुषले दोस्रो विवाह गरेका छन् । मुलुकी अपराध (संहिता) २०७४ मा विवाहित पुरुष वा महिलालाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । यदि विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था ऐनमा छ ।
मुलुकी देवानी (संहिता) ऐन २०७४ मा महिला र पुरुष दुवैको विवाह सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्ने व्यवस्था छ । विवाहित पुरुषले आफ्नी पत्नी कानुनबमोजिम अंशबन्डा गरी भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाउँछ । यसलाई ख्याल नराखी बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
 

प्रकाशित मिति: मंगलबार असोज २९, २०८१/Tuesday 10-15-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै