Close This
२०८१ कार्तिक, २ शुक्रबार

६३ ग्राम लागुऔषधसहित होटल सञ्चालक पक्राउ

दार्चुलामा ६३ ग्राम लागुऔषधसहित एक होटल सञ्चालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ राधाकृष्ण चोकमा पारस वियर वार एण्ड फाष्ट फुड होटेल संचालन गरिरहेका दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलमसिंह डडाल रहेका छन् । डडाललाई आईतबार उनले संचालन गरेको होटलबाट ५३.४० ग्राम र घरबाट थप १०.४६ मिलिग्राम गरि कुल ६३.८६ ग्राम लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार असोज २८, २०८१/Monday 10-14-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै