शुभकामना आदानप्रदानसंगै कार्यकर्ता भेटघाटमा एमाले Sarathikhabar नेकपा (एमाले) जिल्ला कमिटी दार्चुलाले शुभकामना आदाप्रदानसंगै कार्यकर्ता भेटघाटमा पालिका केन्द्रीत कार्यक्रम तय गरको छ । शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम कार्तिक १ गते दुहुँ गाउँपालिकाबाट सुरुवात गरिएको हो । जिल्ला कमिटीले बडादशैं, दिपावली, नेपाल संम्बद र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय गरको जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिनुभयो । कार्तिक १ गते दुहुँ गाउँपालिका वडा नम्बर ५ चल्लेगाडामा सम्पन्न गरको एमालेले कार्तिक २ गते ब्याँस गाउँपालिकाको सुन्सेरामा कार्यक्रम सम्पन्न गरेको छ । एमाले केन्द्रीय कमिटी पोलिटब्युरो सदस्य तथा दार्चुला ईन्चार्ज पूर्व मन्त्री गणेश सिंह ठगुन्नाको नेतृत्वमा जिल्ला कमिटीका पदाधिकारीहरुको टोलीले दार्चुला जिल्लाका ९ वटै पालिका कमिटीहरुको ससन्वयमा कार्यक्रम गर्नेछ । टोलीमा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्यहरू नगेन्द्र तिंकरी, गौरी बडाल, प्रेमसिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपाध्यक्ष परमानन्द जोशी, सचिव उमेशराज जोशी, लगायतका नेता कार्यक्रताहरुको सहभागिता रहनेछ । कार्तिक १ गतेदेखि दुहुँ गाउँपालिकाबाट संञ्चालन भएको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम कार्तिक ९ गते लेकम गाउँपालिकाको रातामाटामा सम्पन्न हुने कार्यतालिका एमाले जिल्ला कमिटीले सार्वजनिक गरेको छ । प्रकाशित मिति: शुक्रबार कार्तिक २, २०८१/Friday 10-18-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने