प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध सारथी खबर दार्चुलामा ग्रामीण सडक मात्र होइन, प्रदेश गौरबका सडक पनि बर्षातका कारण बेहाल बनेका छन् । लामो समयदेखि सडक सुधार हुन नसक्दा खार–खलंगा–देथला सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध छ । सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षातका कारण अवरुद्ध बनेका यहाँका सडकमा स्थानीयलाई आवतजावतमै समस्या छ । खार–खलंगा सडकले नौगाड बासीलाई राहत थियो । तर अहिले यो सडक जोखिमपूर्ण बनेको छ । स्थानीय भोजराज भट्टका अनुसार अहिले पनि प्रदेश गौरबको सडकको डुङ्गरी नजिकै सडक जोखिमपूर्ण छ । नदीले सडक कटान गरेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । हिउँदको महिना राम्रोसँग सुचारु हुँदै आएको यो सडक बर्खाको समय अवरुद्ध बन्दै गएपछि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको स्थानीय बताउँछन् । यो सडकबाट महाकाली नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय सँगै पूरै नाैगाड निर्भर छ । नौगाडको दल्लेख खार, तथा महाकाली नगरपालिकाको मुल्ला, सेला लगायतका क्षेत्रबाट तरकारी बजारमा ढुवानी हुन्छ, तर सडक अवरुद्ध भएपछि सबैभन्दा मार किसानले पाएको बताउँछन्, स्थानीय हरकसिह साहँु । अहिले सडक अवरुद्धसँगै गाडी गाउँमा आउन बन्द भएपछि सामान त के आउजाउमा समेत निकै समस्या हुने गरेको छ । ग्राभील भइरहेको यो सडक लामो समयदेखि सुधार समेत भएको छैन् । ठाउँ ठाउँमा घुम्ती काटिएको छैन् । मालभेला क्षेत्रमा गाडी गुडाउन समेत निकै सकस छ । डुङरी क्षेत्र, काटै, सेला मोड र दल्लेख पुग्दासम्म गाडी चलाउन निकै चूनौति रहेको गाडी चालक विशनसिह नगाल बताउँछन् । गाडी चलाउनुमात्रै हो । हप्तामा दिनमा गाडी बिग्रिन्छन् । सडकस्तरोन्नती हुन नसक्दा यात्रु र गाडीको मार छ । उद्योग वाणिज्य संघ दार्चुलाका पूर्व अध्यक्ष मंगलसिह ठगुन्ना खार–खलंगा सडक अवरुद्ध हुँदा स्थानीयको आवतजावत मात्र होइन किसानको तरकारी ढुवानीमै समस्या भएको बताउँछन् । सडक सुचारु गर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको ठगुन्ना बताउँछन् । सडक अवरुद्ध अवस्थाबारे महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरसिह बडाल लगायत प्राविधिकसहितको टोलीले निरीक्षण गरेका छन् । सडक निरीक्षण गर्दै सडक सिघ्र खोल्ने जनाइएको छ । प्रकाशित मिति: मंगलबार भदौ ११, २०८१/Tuesday 08-27-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु शिक्षा विकास तथा समन्वय इकाईको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश