दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध सारथी खबर दार्चुलाको दुहुँ गाउँपालिकाका स्थित पिपलचौरी माध्यमिक विद्यालय विणमा विद्यार्थीहरुलाई विद्यालय समयमा मोवाइल फोन निषेध गरिएको छ । दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थितिमा अन्तरक्रिया भएको हो । सोमबार भएको अन्तरक्रिया पछि भेलाले आगामी दिनमा अभिभावकले विद्यार्थीहरुलाई नियमितरूपमा विद्यालय पठाउनुपर्ने, अनुपस्थित विद्यार्थीबारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने निर्णय गरेका छन् । दुहुँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्रबहादुर बमका अनुसार कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीहरुले विद्यालय शिक्षा सुधारका लागि सुझाव पेश गर्ने गरेका छन् । विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिह बोहराले विद्यालयको वर्तमान अवस्था र नतिजा सुधारका लागि विद्यालयले चालू शैक्षिक सत्रमा सञ्चालन गरेका प्रयासहरुबारे जानकारी गराएका छन । प्रकाशित मिति: मंगलबार फाल्गुण ६, २०८१/Tuesday 02-18-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने