दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते Sarathikhabar बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जीप दुर्घटना हुँदा २ जनाको मृत्यो भएको छ । मृत्यु भएका दुबै जनाको सनाखत भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरकी ३१ वर्षीया गायत्री पन्त र भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको छ । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। घाइते तीनै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो । जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण भने खुलेको छैन । यस्तै अर्को दुर्घटना बाजुरा जिल्लाको हिमाली गाउँपालिका–६ स्थित धिम गाउँमा भएको छ । जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको जीप अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते ७ जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पुगाइएको प्रहरीले जनाएको छ । घाइतेको परिचय खुलेको छैन । प्रकाशित मिति: आइतबार मङ्सिर २३, २०८१/Sunday 12-08-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका