स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम योगेन्द्रसिह धामी अपिहिमाल गाउँपालिका दार्चुलाका व्यवसायीक कृषकहरुले स्याउवारिमै मागमा आधारित तालिम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दार्चुलाले व्यावसायीक रुपमा स्याउखेती गरिरहेका कृषकहरुलाई तालिम दिएको हो । तालिममा उच्च घनत्वमा स्याउँ बगैचा व्यवस्थापन, बगैचामा लाग्ने रोग किराको व्यवस्थापन माउ बोटमा ग्राफ्टिङ, बोट काटछाट लगायत सैद्धान्तिक कुराहरु स्याउ बारिमै प्रयोगात्मक रुपमा सिक्न पाएको कृषकरुले बताए । माघ १३ गतेदेखि अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा मागमा आधारित प्रविधि विस्तार तथा क्षमता विकास तालिम ३ दिन सम्म संचालन भएको थियो । दार्चुलाका ६ स्थानिय तह व्याँस, दुहुँ, नौगाड, मार्मा, अपिहिमाल र महाकाली नगरपालिकामा स्वाउँ बगैचा बनाएर व्यवसायिक खेति गरिरहेका ३० जना कृषकहरुको सहभागिता रहेको थियो । कृषकहरुलाई व्यवसायीक बनाउनको लागि परियोजना कार्यान्वयन इकाईले तालिम गायत प्रविधि सहयोगका कार्यहरु संचालन गर्ने परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमसख कमल तमाँङले बताउनु भयो । तालिममा वागवानी विकास केन्द्र मार्फा मुस्ताङका प्रमुख पद्यनाथ आत्रेयले प्रशिण दिएका हुन् । प्रकाशित मिति: बुधबार माघ १६, २०८१/Wednesday 01-29-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा सुरेश सिंह धामीको अध्यक्षमा शंकरपुर क्याम्पसको १५ सदस्य व्यवस्थापन समिति चयन