कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या Sarathikhabar कञ्चनपुरमा श्रृंखलाबद्ध रुपमा हत्या घटना घटिरहेका छन् । एक महिनाको अवधिमा एक दम्पतीसहित चार जनाको हत्या भइसकेको छ । हत्यामा संलग्न रहेको आरोपमा एक महिला र एक पुरुष पक्राउ परिसकेका छन् । तर दम्पती हत्यामा संलग्नको भने कुनै अत्तोपत्तो लागेको छैन । भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योती बिष्टको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ज्योतीको घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । हँसिया प्रहार गरेर श्रीमतीको हत्या गर्ने नरेन्द्र सिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । विष्ट नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) हुन् । शनिबार साँझ घरसायी विवादको विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए । विष्टले हत्या गरेकी ज्योती उनको कान्छी श्रीमती हुन् । मंसिर १३ गते विहिबार मात्रै बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी छन् । बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको शौचालयमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरिएको थियो । तर अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको हो । त्यसपछि उनकी पत्नीलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताए । मृतक लडेको भनिएपनि उनी शौचालयको ठाउँमा नभएर केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए । मृतकको टाउकोमा काटिएको जस्तो चोटहरु देखिएका थिए । त्यसपछि मृत्यु नभएर हत्या भएको हो भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । सोधपुछकै क्रममा जनककुमारीले श्रीमान–श्रीमतीबिच बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इँट्टाले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दा खाटमुनी रगत लागेको इँटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । उनलाई त्यसपछि नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । गत महिनाको ८ गते राति कञ्चनपुरमै एक दम्पतीको हत्या गरिएको थियो । तर हत्यामा संलग्न अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । घटनाको अनुसन्धान गर्न सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ । सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको छ । कार्तिक ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सोही घटनामा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले अहिलेसम्म सूचना संकलन, सोधपुछ लगायतको अनुसन्धान जारी राखेको छ । प्रहरीले अहिलेसम्म २ सय बढी मानिससँग सोधपुछ गरिसकेको छ । मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल थियो । उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए । हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको हत्या भएको खुलेको थियो । तर, घटनाको रहस्य अझै गर्भमै छ । प्रकाशित मिति: आइतबार मङ्सिर १६, २०८१/Sunday 12-01-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका