२०८१ फाल्गुण, २९ बिहीबार

प्रयागराज गइरहेका मालिकार्जुनका गाउँपालिकाका उद्यम शाखा प्रमुखको मृत्यु

दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीशचन्द्र अवस्थीको गाडीको ठक्करबाट मृत्यु भएको छ । मालिकार्जुन–५ डाडाकोट घर भएका अवस्थी भारतको प्रयागराज महाकुम्भ मेलामा आमासहित गइरहेका बेला लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको उनको पारिवारिक श्रोतले जनाएको छ । 
आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएकामा मृत घोषणा गरिएको बताइएको छ । 
शाखा प्रमुख अवस्थीको शोकमा मालिकार्जुन गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै कार्यालयमा आज शोक बिदा दिएको छ ।  

 

प्रकाशित मिति: सोमबार माघ २८, २०८१/Monday 02-10-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै