२०८१ फाल्गुण, २८ बुधबार

नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते

दार्चुला–बैतडीको सुर्नया गाउँपालिका–७ नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा चालक, सहचालक र सवार एक जना यात्रु सामान्य घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
धनगढीबाट बझाङ जाँदै गरेको सु.प.प्र ०१००१ ख २९८४ नम्बरको मिनी ट्रक सोमबार बिहान दुर्घटनाग्रस्त भएको हो ।
अस्थायी प्रहरी चौकी ढोल्यामोडका इञ्चार्ज, वरिष्ठ हलदार आनन्द विष्टका अनुसार उक्त गाडी बिहान करिब ८ बजे दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे प्रहरीलाई ८ः१५ बजे खबर प्राप्त भएको थियो । 
दुर्घटनामा परेका चालक जनक बोहरा, सहचालक राजेन्द्र बोहरा, तथा धनगढी उपमहानगरपालिका निवासी करिब २४–२५ वर्षीय अनिल चौधरी रहेका छन् । प्रारम्भिक विवरणअनुसार, गाडी करिब १०० मिटर तल खसेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको ढोल्यामोड अस्थायी प्रहरी पोस्टले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार फाल्गुण २६, २०८१/Monday 03-10-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै