दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग सारथी खबर दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का महिलाहरुले नारी दिवस मनाउन वडा कार्यालयले उपलब्ध गराएको रकम केशव राज जोशीको उपचारको लागि सहयोग गर्ने निर्णय गरेका छन् । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीको उपचारमा सहयोग गर्न शनिवार नारी दिवस मनाउन भेला भएका महिलाहरुले व्यक्तिगत रुपमा संकलन गरेको र वडा कार्यालयले उपलब्ध गराएको रकम खर्च नगरी जोशीको उपचारका लागि दिने निर्णय गरको हो । महिलाहरुको भेलाले व्यक्तिगत उठाएको ६ हजार ७ सय ४० र वडा कार्यालयले दिएको ३ हजार गरी जम्मा ९ हजार ७ सय ४० रुपैया महेश राज जोशी मार्फत राजु प्रसाद जोशीको खातामा जम्मा गर्ने निर्णय गरेको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाईते भएका दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली (कोटमा) घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत ३६ वर्षिय शिक्षक केशब राज जोशीको उपचारमा आर्थिक समस्या भएपछि सामाजिक सञ्जाल मार्फत सहयोग रकम संकलन अभियान शुरु गरिएको छ । सहयोग गर्न इच्छुकले राजु प्रशाद जोशीको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर २९७०५३०००००४५१ अर्थात फेसबुकमा सार्वजनिक गरिएको क्यूआरबाट सहयोग गरिदिन अपिल गरिएको छ । फागुन १९ मालिकार्जुन गाउँपालिकाको थकतोलीमा मोटरसाइकल दुर्घटनामा परी घाईते भएका जोशीको मेरुडण्डको हड्डी भाचिएको र मिर्गोलाको समेत समस्या भइ डाइलासेस गर्नुपर्ने देखिएको आफन्त मनिराज जोशीले जानकारी दिनुभयो । जोशीको नेपालगंन्ज मेडिगल कलेजमा उपचार भइरहेको छ । प्रकाशित मिति: आइतबार फाल्गुण २५, २०८१/Sunday 03-09-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने