दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते Sarathikhabar दार्चुलामा जिप दुर्घटना हुँदा चालको मृत्यु भएको छ । जीप चालक महेश भुलकोे उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको अस्पतालले जनाएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाईते हुनेमा महाकाली नगरपालिका वडा न २ का १५ वर्षिय सागर भुल र ३ बर्षिय धौले भुल रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ मुल्लाभन्ने ठाँउमा सु.प.प्र ००३००१ ज ०००५ नम्बरको जिप बुधबार दुर्घटनामा परेको हो । घाइते दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । दल्लेख बाट दार्चुलाकै खलंगा जादै गरेको जिप दुर्घटनामा परेको हो । दुर्घटनाका बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए । मृतक भुलकले एक दिन अगाडी मात्र नयाँ गाडी खरिद गरेर पुजापाठ गरि घुमघामका लागि सदरमुकाम तिर आइरहेको बताइएको छ । जीप सडकबाट अन्ताजी ५० मिटर तल खसेको प्रहरीले जानकारी दिनुभयो । प्रकाशित मिति: बुधबार फाल्गुण २१, २०८१/Wednesday 03-05-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै झापामा भेटेरिनरी अस्पतालका कर्मचारीबीच नै कुटाकुट दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने पूर्वमन्त्री एवम् एमाले नेता प्रदीप नेपालको निधन ३५ दिन भित्र अनधिकृत र अतिक्रमण गरिएका संरचना हटाउन महाकाली नगरपालिको सार्वजनिक सुचना, नगरपालिकाको निर्णय अटेर गर्छन स्थानिय मोटरसाइकलमा सवार शिक्षा अधिकृत ओझाको ढुङ्गालागेर मृत्यु पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बुझायो मागपत्र पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा आयुर्वेद, स्वास्थ्य, शिक्षा र आत्मानुशासन विषयमा अन्तक्रिया गर्दै मालिकार्जुन गाउँपालिकामा योगमय घोषणा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्नका लागि एमाले दार्चुलाले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापन दार्चुलाका ग्रामिण बस्तिमा विद्युतिकरण गरिदै, बीस हजार घरधुरीमा बिजुली बल्यो विपत व्यवस्थापनका लागि संयुक्त पूर्वतयारी नमुना अभ्यास दार्चुलामा रेबिज विरुद्धको खोप अभाव, विरामी आफैले खरिद गरी ल्याएमा अस्पतालले लगाइदिने