मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार सारथी खबर बैतडीको सिगास गाउँपालिका–१ का प्रकाश दमाईकी आमा माना दमाइको शनिवार ६१ वर्षको उमेरमा मृत्यु भयो । मलामी नपाएर उनको शव २४ घण्टा सम्म घरको आगनमा छोरा प्रकाशले टुलुटुलु हेरी बसेका थिए । बैतडीका प्रकाश दमाईकी आमाको शव २४ घण्टापछि घाट लगिएको छ । मलामी नपाएर घरको आँगनमै राखिएको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडमा रहेको तिपडा घाट पु¥याइएको हो । छिमेकी कसैले पनि मलामी जान नमानेपछि ट्याक्टर प्रयोग गरेर सीमित आफन्तले शवको दाहसंस्कार गरेका छन् । प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । तर उनलाई छिमेकी कसैले पत्याएनन् । तराईबाट आएका आफन्तहित दुईजना गैरदलित समुदायका गरी १८ जना शवयात्रामा सहभागी भए । करिब तीन सयजनाको बसोबास रहेको सिगास–१ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाई समुदायको एक्लो हो । उनकी ६१ वर्षीया आमा मानाको शव बोक्न कोही स्थानीय नमानेपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्त आएपछि दाहसंस्कारका लागि लगिएको हो । त्यसअघि छिमेकी कसैले पनि मलामी जान मानेनन् । आइतबार बिहान ११ बजे शवयात्रा सुरु सहभागी स्थानीय नरबहादुर साउदले बताए । छिमेकी डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए । आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुईजना मात्र मसानघाट पुगेको जानकारी दिए । सिगास–१ स्थित घरभन्दा आधा घण्टानजिक डुब्के घाट रहे पनि आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई करिब ५० किलोमिटर टाढाको पुख्र्यौली घाट पाटनमा दाहसंस्कार गरिएको प्रकाशले बताए । सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीले समेत शव बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर उठाइएको हो । सिगास–१ का वडासदस्य धनीराम भट्ट राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसे । तीबाहेक कसैले पनि सहानुभूति दिएनन् । दलित भएकै कारण प्रकाशकी आमाको शव २४ घण्टासम्म घरमै राख्नु परेको हो । छिमेकीले सामाजिक मर्यादा र मानवताको धर्मसमेत निर्वाह गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ । केही सामाजिक मान्यताका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले स्वीकार गरेका छन् । ऐरीका अनुसार स्थानीयले नै शवयात्राका लागि केही रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् । प्रकाशित मिति: आइतबार फाल्गुण ४, २०८१/Sunday 02-16-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन