२०८१ फाल्गुण, २८ बुधबार

अनलाइन बेटिङ तथा जुवा खेलाउने २४ जना भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर २४ जना भारतीयलाई पक्राउ गरेको हो । 

प्रहरीले २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पक्राउ परेकाहरुले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको बताए । 

यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।

प्रकाशित मिति: मंगलबार फाल्गुण ६, २०८१/Tuesday 02-18-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै