सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित Sarathikhabar सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै प्रदेशभित्र रहेका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवालाई सक्षम, सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउन सहज बाटो खुलेको छ । यहाँ स्थानीय तहका कर्मचारीले आफूहरूको वृत्ति विकासका मुद्दा उठाउँदै हालै स्थानीय तहको दैनिक सेवा प्रवाह ठप्प पारेका थिए । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले उक्त विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको विधेयकमाथि सभामा छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, अक्कलबहादुर रावल, चक्रबहादुर मल्ल, नरेशकुमार शाहीले आ–आफ्नो सुझाव दिएका थिए । सभामा विधेयक निर्णयार्थ पेस हुँदैगर्दा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावलले दुई दलका सदस्यले छलफलमा उठाएका कुरालाई आधार मानेर निर्णयार्थ पेस गर्न मिल्छ कि मिल्दैन भन्दै आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री सार्कीले विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेस गर्दा प्रतिपक्षी दलका सदस्यहरू असहमति जनाउँदै बैठक कक्षबाट बाहिरिएका थिए । आजकै बैठकमा मन्त्री सार्कीले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरे । बैठकले सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाअन्तर्गतका विषयगत समितिका सदस्यको नामावली हेरफेरसम्बन्धी पेस गरेको प्रस्ताव स्वीकृत गरेको छ । प्रकाशित मिति: सोमबार जेठ २०, २०८२/Monday 06-02-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै समाजसेवी डबल सिंह धामीद्धारा विद्यार्थीलाई पोशाक वितरण सार्वजनिक यातायात बन्दको मौकामा बिडी तस्करी हुदै, सशस्त्र प्रहरीले समात्यो १८ पेटी भन्सार छलीको बिडी सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, दार्चुलामा पनि भोलिदेखि सार्वजनिक यातायात ठप्प हुने डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार समाजसेवी डबल सिंह धामीद्धारा विद्यार्थीलाई पोशाक वितरण सार्वजनिक यातायात बन्दको मौकामा बिडी तस्करी हुदै, सशस्त्र प्रहरीले समात्यो १८ पेटी भन्सार छलीको बिडी सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, दार्चुलामा पनि भोलिदेखि सार्वजनिक यातायात ठप्प हुने