२०८२ जेठ, २२ बुधबार

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
के.आई.सिंह गाउँपालिका–५ केदार गाउँस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा आइतबार बिहान साढे ९ बजे सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा डोटी बोगटान फुड्सिल गाउँपालिकाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।
जिपमा सवार अन्य ८ जना घाइते भएका छन् ।
घाइते हुनेमा ५० वर्षीय चनादेवी चन्द, ४० वर्षीय महेश्वरा देवी चन्द, ४२ वर्षीय बिर्मा देवी चन्द, ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुराकी २३ वर्षीय राधिका देउवा, उनकी दुई वर्षीया छोरी रियान्सा देउवा र डोटीकै १९ वर्षीय धनबहादुर बम घाइते भएको डीएसपी जोराले बताए । जिप चालक कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय हरिचन्द्र चौधरी पनि घाइते भएका छन् ।
। समान्य घाइते चौधरीलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ 
 

प्रकाशित मिति: आइतबार जेठ १९, २०८२/Sunday 06-01-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै