२०८२ जेठ, २४ शुक्रबार

सार्वजनिक यातायात बन्दको मौकामा बिडी तस्करी हुदै, सशस्त्र प्रहरीले समात्यो १८ पेटी भन्सार छलीको बिडी

दार्चुला-दार्चुला लगायत देशभरी यातायात व्यवसायीहरुले सार्वजनकि यातायात बन्द गरेका छन् । हिजो देखि दार्चुला सदरमुकामबाट कुनै पनि सार्वजनिक यतायातका साधनहरु चलेनन् तर यही मौका छोपी सार्वजनिक जीपमा बिडी तस्करी भएका पाइएको छ । 
सशस्त्र प्रहरीले दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ बेदबाट १८ पेटी भन्सार छलिको बिडी बरामद गरेको छ । मंगलबार (आज) विहान ३ः१५ बजेको समयमा सशस्त्र प्रहरीले भारतीय सीमा नजिकबाट गाडीमा लोड गरेको अवस्थामा बेवारिसे १८ पेटी बिडी सहित जिप नियन्तरणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल, ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा ८ लाख १० हजार बराबरको १८ पेटी बिडीसहित से.१ज १०८७ नम्बरको जीप नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नेपाल, न. ४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देव राज जोशीले बताउनुभयो ।
नियन्तरण लिएको बिडी र गाडी दार्चुला भन्सार कार्यालयलाई बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । सीमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीले गत फागुन महिना देखि हाल सम्मको अवधिमा २० लाख ५७ हजार ६ सय २५ रुपैँया बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रकाशित मिति: मंगलबार जेठ २१, २०८२/Tuesday 06-03-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै