विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त सारथी खबर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र प¥यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो । दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए । तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् । उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ । प्रकाशित मिति: शुक्रबार असार २९, २०८१/Friday 07-12-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप सुदूरपश्चिममा शाहको दोस्रो पटक मुख्यमन्त्री पूर्वमन्त्री ठगुन्नाकाे गृह जिल्लामा पत्रकार सम्मेलन, तिंकर सडकबारे के बोले ? पूर्व गाविस सचिव काग्रेस परित्याग गरी एमालेमा जनमुखी बजेट ल्याउन पूर्वमन्त्री ठगुन्नाको सुझाव पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा बैतडीको खोचलेकमा अटो दुर्घटना हुदा चार जना घाइते, अटो चालक साउद प्रहरी नियन्त्रणमा शुभकामना आदानप्रदानसंगै कार्यकर्ता भेटघाटमा एमाले दार्चुलाको नाैगाडमा एक जना पुरुष मृत भेटिए छविलाल जोशी कास्की अदालतमा उपस्थित दुहुँ ५ को उप निर्वाचन केन्द्रित भए एमाले र माओवादी, एकै वडाबाट सुरु गरे कार्यकर्ता भेटघाट कार्यक्रम