दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक सारथी खबर दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोज्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्याएको गृहमन्त्री लेखकले जानकारी दिए । काठमाडौंमा सोमबार चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको लेखकले बताए । उनले चीन र भारतलाई जोड्नका लागि सडक निर्माण, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको जानकारी दिए । महाकाली करिडोर र सेती लोकमार्ग तलगायतका महत्त्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्छौं । नेपाली नागरिक र अर्को तेस्रो मुलुकका नागरिक पनि ती सडक प्रयोग गरेर चीनको महत्त्वपूर्ण ठाउँ, हिन्दु र बुद्ध धर्मावलम्बीहरूका लागि मानसरोवर र भारतका ठूला सहरहरू जोड्न प्रयत्न गर्नेछौं, मन्त्री लेखकले भने, यस प्रयोजनका लागि मेरै मन्त्रालयबाट आउने दुई महिनाभित्र तिंकरमा अध्यागमनको कार्यालय स्थापना गर्ने र तिंकरबाटै नेपाली र विदेशीहरूलाई सहजतापूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने भन्ने कार्यक्रम अघि सारेको छु । सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृहमन्त्री लेखकले जानकारी दिए । भारत संसारकै उदयीमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्त्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनले बताए । सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको उनले जानकारी दिए । प्रकाशित मिति: मंगलबार भदौ ४, २०८१/Tuesday 08-20-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दुर्गा प्रसाईँसहित ७ जनालाई ज्यान मुद्दा लगाइँदै, १९ वटा अनुसन्धान गर्न म्याद थप अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा स्ववियु चुनावमा दार्चुला बहुमुखी क्याम्पस खलंगामा ४ सय ४९ मत खस्यो सहमति नजुटेपछि अझै एक साता अध्यादेश संसद्मा नलगिने मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री वडा अध्यक्षको चुनावमा दार्चुलामा ६९ प्रतिशत मत खस्यो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा