Close This
२०८१ कार्तिक, ७ बुधबार

पूर्वमन्त्री ठगुन्नाकाे गृह जिल्लामा पत्रकार सम्मेलन, तिंकर सडकबारे के बोले ?

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले स्थानीय सरकारले ल्याउने बजेट पारदर्शी तवरले ल्याउन निर्देशन दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिको लागि आयोजित अभिमुखीकरण पछि बिहीबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । 
आगामी आर्थिक वर्षको लागि आउने बजेट सुशासन कायम गर्ने खालको हुनुपर्छ । योजना र बजेट पारदर्शी हुनुपर्छ उनले भने, ‘हिजो भएको अभिमुखीकरण कार्यक्रममा बजेट जनमुखि हुनुपर्छ भनेर निर्देश गरेको छु ।’
विगत दुई वर्षदेखि स्थानीय तहमा बजेट कटौति भएको छ । यो सबैलाई सर्वविदितै छ । बजेटलाई मध्यनजर गर्दै जनताको भावना कदर गर्ने नीति कार्यक्रम र बजेट आउनुपर्छ उनले भने । 
अर्को प्रसंगमा उनले भने, ‘विकास आरोप प्रत्यारोप गरेर हुँदैन् ।’ आरोप लगाएर जनतालाई भ्रमित पार्न सकिएला तर वास्तविकता बताउनुपर्छ ।
उनले टिंकर सडकको सन्दर्भमा अहिले विनियोजित बजेट न्यून रहेको भन्दै बजेट बढाउन आफुले पहल गरिरहेको बताए । बजेटबारे एमाले अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र अर्थ मन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएको बताए ।
यो सडकमा ‘न्यून बजेट छ, यसमा हामीले संघर्ष गर्नुपर्छ, उनले भने । बजेट बढाउन आग्रह गरिएको छ । यहाँको सडकको लागि साउन महिनामा सेनालाई थप बजेट सुनिश्चितता दिनेगरी छलफल भइरहेको उनले बतनाए । 
जिल्लाको विकास निर्माणका लागि जनप्रतिनिधिको पहल नपुगेको भन्दै आफुले सडकको विषयलाई गम्भीरताको साथ लिएको बताए । सरकारसंग लडेर पनि बजेट थप्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

 

प्रकाशित मिति: बिहीबार असार ७, २०८१/Thursday 06-20-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै