Close This
२०८१ कार्तिक, ७ बुधबार

पूर्व गाविस सचिव काग्रेस परित्याग गरी एमालेमा

लामो समय गाविस सचिव भएर काम गरेका मालिकार्जुन गाउँपालिका–४ का सुन्दरसिह धामी नेकपा एमाले प्रवेश गरेका छन् । सेवानिवृत्त पश्चात नेपाली काग्रेसमा क्रियाशिल रहेका धामी नेकपा एमालेमा प्रवेश गरेका हुन् । 
उनलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले टिका लगाएर पार्टी प्रवेश गराए । सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा धामीलाई पार्टी प्रवेश गराइएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार असार ६, २०८१/Wednesday 06-19-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै