उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई सारथी खबर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिएका छन् । उद्योगमन्त्री गोयललाई मंगलबार बधाई सन्देश पठाउँदै उनले नेपाल र भारतबीच मित्रता, गहिरो सामाजिक, सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको घनिष्ट सम्पर्क तथा सहयोगका बहुआयामिक क्षेत्र समेट्नेमा आशावादी रहेको उल्लेख गरेका छन् । मन्त्री भण्डारीले भनेका छन् ‘वाणिज्य र उद्योगका क्षेत्रमा अझ प्रस्ट रूपमा म विश्वस्त छु कि तपाइँको आगामी कार्यकालमा दुई देशबीचको बढ्दो व्यापार र लगानीलगायत आर्थिक सहयोग र साझेदारी नयाँ उचाइमा पुग्नेछ, हाम्रो द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध र सुदृढ सहयोग अभिवृद्धि साझा हितका विषय बहुपक्षीय र क्षेत्रीय फोरममा स्वीकार हुनेछन् ।’ यस्तै प्राकृतिक ग्यासमन्त्री पुरीलाई पठाइएको बधाई सन्देशमा मन्त्री भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । ‘हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।’ उनले भनेका छन् । प्रकाशित मिति: मंगलबार असार ५, २०८१/Tuesday 06-18-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री वडा अध्यक्षको चुनावमा दार्चुलामा ६९ प्रतिशत मत खस्यो स्थानीय तह उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत अस्यो दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप सुदूरपश्चिममा शाहको दोस्रो पटक मुख्यमन्त्री पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दिवा खाजा कार्यक्रमको समीक्षा, कार्यक्रम प्रभावकारी रहेको निष्कर्श