स्थानीय तह उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत अस्यो सारथी खबर स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज –आइतबार) भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए । उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । उनका अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् । प्रकाशित मिति: आइतबार मङ्सिर १६, २०८१/Sunday 12-01-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दुर्गा प्रसाईँसहित ७ जनालाई ज्यान मुद्दा लगाइँदै, १९ वटा अनुसन्धान गर्न म्याद थप अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा स्ववियु चुनावमा दार्चुला बहुमुखी क्याम्पस खलंगामा ४ सय ४९ मत खस्यो सहमति नजुटेपछि अझै एक साता अध्यादेश संसद्मा नलगिने मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री वडा अध्यक्षको चुनावमा दार्चुलामा ६९ प्रतिशत मत खस्यो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका