वडा अध्यक्षको चुनावमा दार्चुलामा ६९ प्रतिशत मत खस्यो Sarathikhabar दुहुँ गाउँपालिका–५ मा वडा अध्यक्ष पदको लागि भएको स्थानीय तह उपनिर्वाचनमा झण्डै ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६८.९४ प्रतिशत मत खसेको हो । बिहान ७ः१० बजेदेखि मतदान सुरू भएको थियो । दुहुँको दुर्गा आधारभूत विद्यालय गरमोराको क र ख मतदान केन्द्रमा ४०१ पुरूष र ४७६ महिला गरि कुल ८७७ जनाले मतदान गरेको मतदान अधिकृत विष्णु प्रसाद अवस्थीले बताए । दुहुँ गाउँपालिका–५ मा एक हजार दुई सय ७२ मतदाता छन् । वडा अध्यक्षको लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएक पछि निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन गरेको हो । प्रकाशित मिति: आइतबार मङ्सिर १६, २०८१/Sunday 12-01-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दुर्गा प्रसाईँसहित ७ जनालाई ज्यान मुद्दा लगाइँदै, १९ वटा अनुसन्धान गर्न म्याद थप अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा स्ववियु चुनावमा दार्चुला बहुमुखी क्याम्पस खलंगामा ४ सय ४९ मत खस्यो सहमति नजुटेपछि अझै एक साता अध्यादेश संसद्मा नलगिने मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री स्थानीय तह उपनिर्वाचन सम्पन्न, ६२ प्रतिशत मत अस्यो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका