महाकालीको सतह बढ्दै, बजारमा नदी किनारमा नजान प्रहरीको माइकिङ सारथी खबर शुक्रबारदेखिको निरन्तर वर्षाका कारण महाकाली नदिको सतह बढ्दै गएपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ थालेको छ । जोखिम स्थानमा स्थानीयको आवतजावत गर्न नदिन प्रहरीले माइकिङ गरेको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा नजान सबै स्थानीयलाई आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले आइतबार सदरमुकाम क्षेत्रको रिङगलताल, बंगाबगड क्षेत्रमा बिहानैदेखि माइकिङ गरेर सबैलाई सचेत गराएको छ । बंगाबगड, विरेन्द्र बन लगायतका क्षेत्रमा स्थानीयले महाकाली नदीबाट बालुवा निकाल्ने काम गर्ने गर्छन् । यस्तै दाउँरा संकलन गर्ने, नदी किनारमा मानिसहरुको भीड लाग्ने गरेको कारण प्रहरीले माइकिङ गरेर सावधानी अपनाएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा कडाइ गरिएको छ । तिगर घाटमा भारतपट्टीबाट आएको चट्टानका कारण पुल नै जोखिममा परेको छ । यो क्षेत्रमा पुल पूरै जोखिममा छ । जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत नगर्न स्थानीयलाई आग्रह गरिएको छ । निरन्तरको वर्षाका कारण दार्चुलाको पूरै जनजीवन ठप्प जस्तै बनेको छ । नियमित रुपमा यातायातका साधन चल्न सकेका छैनन् । खलंगा खार सडक अन्तर्गत ठाउँ ठाउँमा पहिरो जादा सडक अवरुद्ध हुने गरेको छ । महाकाली लोकमार्गको मालिकार्जुन क्षेत्रमा सडक बेलाबेला अवरुद्ध हुँदै आएको छ । ग्रामीण सडकहरुमा यातायातका साधन चल्न छोडेका छन् । प्रकाशित मिति: आइतबार असार २४, २०८१/Sunday 07-07-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा