दार्चुलाको तिंकरमा दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्दैछौं : गृहमन्त्री लेखक सारथी खबर दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोज्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पुर्याएको गृहमन्त्री लेखकले जानकारी दिए । काठमाडौंमा सोमबार चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको लेखकले बताए । उनले चीन र भारतलाई जोड्नका लागि सडक निर्माण, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको जानकारी दिए । महाकाली करिडोर र सेती लोकमार्ग तलगायतका महत्त्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्छौं । नेपाली नागरिक र अर्को तेस्रो मुलुकका नागरिक पनि ती सडक प्रयोग गरेर चीनको महत्त्वपूर्ण ठाउँ, हिन्दु र बुद्ध धर्मावलम्बीहरूका लागि मानसरोवर र भारतका ठूला सहरहरू जोड्न प्रयत्न गर्नेछौं, मन्त्री लेखकले भने, यस प्रयोजनका लागि मेरै मन्त्रालयबाट आउने दुई महिनाभित्र तिंकरमा अध्यागमनको कार्यालय स्थापना गर्ने र तिंकरबाटै नेपाली र विदेशीहरूलाई सहजतापूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने भन्ने कार्यक्रम अघि सारेको छु । सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृहमन्त्री लेखकले जानकारी दिए । भारत संसारकै उदयीमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्त्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनले बताए । सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको उनले जानकारी दिए । प्रकाशित मिति: मंगलबार भदौ ४, २०८१/Tuesday 08-20-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या प्रदेश गौरब : खलंगा–खार सडक खण्ड अवरुद्ध सुदूरपश्चिममा आज ‘ठूली गौरा’ मनाइँदै मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम