२०८१ माघ, २३ बुधबार

मालिकार्जुन गाउँपालिकामा मदिरा निषेध !

मालिकार्जुन गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाले साउन १ गतेबाट लागू हुने गरी पालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । 
गाउँपालिकाको एघारौँ गाउँसभा अधिवेशनबाट पालिकाभरि मदिरा विक्री वितरण र ओसारपसारमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ । मदिरा विक्री वितरण नगर्न नगराउन पालिकाले सार्वजनिक अपिल गरेको छ । 
गाउँपालिका क्षेत्र भित्रको वातावरण शान्त र सभ्य बनाउन गाउँ सभाले पूर्ण रुपमा मदिरा निषेध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए ।
राष्ट्रकै सातौं धाम रहेको मालिकार्जुनमा मदिरा विक्री वितरणले राम्रो सन्देश नजाने भन्दै रोक लगाइएको उनले बताए । यसले सामाजमा हुने विकृति विसंगति रोक्नमा समेत सहयोग पुग्ने पालिकाको विश्वास छ ।
मदिरा निषेधित क्षेत्र घोषणा कार्यान्वयनको लागि सबै वडा कार्यालय, छिमेकी शैल्यशिखर नगरपालिका, प्रहरी चौकीलाई पालिकाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार श्रावण २, २०८१/Wednesday 07-17-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै