२०८१ पौष, ७ आइतबार

भारतीय घोडा बिडी सहित एक जना शैल्यशिखरबाट पक्राउ

शैल्यशिखर नगरपालिकामा अवैध भारतीय घोडा बिडिसहित एक जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाको आधारमा ३८ पेटी घोडा बिडि सहित शैल्यशिखर नगरपालिका–८ का बासुदेव जोशी पक्राउ परेका हुन् ।
घोडा बिडिको मूल्य ११ लाख २५ हजार ५ सय रुपैयाँ पर्छ । यस्तै प्रहरीले ९ पेटी सलाई, तीन पेटी हाइक्लास सूर्ति, र ३५९ जोर भारतीय चप्पल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
सलाईको मूल्य १७ हजार दुई सय, हाइक्लास सूर्तिको मूल्य २६ हजार दुई सय पचास रुपैयाँ र चप्पलको मूलय ८१ हजार पाँच सय रुपैयाँ हुन जान्छ । प्रहरीले कुल ११ लाख २५ हजार पाँच सय रुपैयाँ बराबरको समान बरामद गरेको जनाएको छ ।
प्रहरीले शैल्यशिखर नगरपालिका–८ देवलका रामदत्त जोशीको घरमा गोदाम बनाएर समान विक्री गर्ने गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले समान बरामद गरेको हो ।
अवैध रुपमा बरामद गरिएको समानलाई भन्सार कार्यालयको जिम्मा लगाउने प्रहरीको तयारी छ । दार्चुलामा भारतबाट अवैध रुपमा समान भित्र्याउँदै ग्रामीण भेगमा विक्री हुने गरेको छ ।
 

प्रकाशित मिति: सोमबार मङ्सिर १७, २०८१/Monday 12-02-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै