Close This
२०८१ कार्तिक, २ शुक्रबार

बैतडीको खोचलेकमा अटो दुर्घटना हुदा चार जना घाइते, अटो चालक साउद प्रहरी नियन्त्रणमा

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै अटो रिक्सा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसोे अनियन्त्रित भएर दुर्घटना भएको हो । अटो सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा गर्भवती महिलासहित चार जना घाइते भएका छन् ।
दुर्घटना परि घाइते हुनेमा दोगडाकेदर गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, ४५ बर्षीया बसन्ती जोशी, २५ बर्षीया राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० बर्षीया हिरा सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभयो । घाइतेमध्ये पार्वती जोशी गर्भवती रहेको खुलेको छ । 
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार कार्तिक २, २०८१/Friday 10-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै