Close This
२०८१ कार्तिक, २ शुक्रबार

छविलाल जोशी कास्की अदालतमा उपस्थित 

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।
गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । सुरूमा ५ दिन र पछिल्लो पटक ७/७ दिन थप भएको थियो ।
सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । नेपाल प्रेसबाट 

 

प्रकाशित मिति: शुक्रबार कार्तिक २, २०८१/Friday 10-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै